दसैँलगत्तै भारतीले सुरु गरिन् अनसन
२०८० कार्तिक १२ गते

काठमाडौँ । भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन सुरु गरेकी हुन् ।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन् । भारतीले आजबाट माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरिन् । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।
२०८० कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित








