भलिबल खेलाडी श्रेष्ठ मृत भेटिए

काठमाडौँ । धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका स्थायी वासिन्दा समेत रहेका श्रेष्ठ सिद्धलेक गाउँपालिका%३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेक हुन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार अहिले शव परिवारलाई जिम्मा लगाउने प्रक्रिया सुरु भएको छ । उनी बुधबार मात्रै धादिङकै नलाङ भन्ने ठाउँमा आयोजित भलिबल प्रतियोगितामा सहभागी भएका थिए । उनी नेतृत्वको टोलीले खेल पनि जितेको थियो ।

उनको मृत्युको कारण भने नखुलेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =