विश्व कम्ब्याट गेम्समा विजयलाई स्वर्ण

काठमाडौँ । विजय सिन्जालीले विश्व कम्ब्याट गेम्समा कीर्तिमानी स्वर्ण जितेका छन् ।

१३ औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता उनले पुरुष छाङछ्वानमा ९.७२ अङ्क जोड्दै स्वर्ण जितेका हुन् ।

साउदी अरबियाको रियादमा विजयले हासिल गरेको ९.७२ अङ्क राष्ट्रिय कीर्तिमान भएको पनि जनाइएको छ ।

यसअघि उनले चीनको हाङझावमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा ९.७० अंकको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *