लेबनान–इजरायली सीमामा युद्ध जारी

सिन्ह्वा । इजरायलले शनिवार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा निर्देशित मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनान गाउँहरूमा आक्रमण गरिरहेको जनाएको छ ।

दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको बताइएको छ ।

इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरू आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो ।

यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जारल ट्वीटर (एक्स) म लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।

आक्रमणका कारण हालसम्म १५ सय बढी लेबनानीहरु विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =