गणेशमान सिंह राष्ट्रिय टेनिस अर्को महिना

काठमाडौँ । वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

सिनियर र भेट्रानमा गरी जम्मा ९ लाख ५ हजार नगद पुरस्कार रहेको कमिटीका राजन खत्रीले जानकारी दिए । उनका अनुसार गत संस्करण भन्दा पुरस्कार राशीमा २ लाख ५ हजार वृद्धि गरिएको छ । जुनियरमा भने प्रोत्साहन स्वरूप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आठ दिने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *