राष्ट्रिय नाचघरमा देवी दुर्गाको सङ्घर्ष र शक्तिलाई नृत्यकथाको माध्यमबाट प्रस्तुत (तस्बिरहरू)

काठमाडौँ । एस्थेटिक डान्स स्टुडियोले दशैंको अवसरमा आइतबार नृत्य शृङ्खला आयोजना गरेको छ ।

राष्ट्रिय नाचघरमा दशैको सुरुवाती दिन घटस्थापनाको अवसर परेर कायाकल्प (बिकमिङ हर) नृत्य शृङ्खला–७ आयोजना गरिएको हो।

नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले केही समय यता ‘नृत्य शृङ्खला’ सञ्चालन गरिरहेको छ । २०७९ वैशाख महिनाबाट सुरु भएको यो शृङ्खलाको ७ सिजन कायाकल्प (बिकमिङ हर) आइतबार साँझ राष्ट्रिय नाचघरमा सम्पन्न भयो ।

बडादसैँको अवसरमा नवदुर्गा भवानीको ‘थिम’मा आयोजना गरिएको कार्यक्रममा देवी दुर्गाको सङ्घर्ष र शक्तिलाई नृत्यकथा को माध्यमबाट प्रस्तुत गरिएको थियो ।

करिब डेढ घण्टाको कार्यक्रममा २५ भन्दा बढी कलाकारले नृत्यबाट कथालाई वर्णन गरेका थिए। साथै कलाकारहरूको माध्यम देखि दसैँमा सबै परिवार सँगै हुन नपाउनुको पिडा लाई पनि नृत्यकथा द्वारा प्रस्तुत गरिएको थियो ।

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =