दलको नेताबाट राजीनामा दिने तयारीमा उद्धव थापा

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिने भएका छन् ।

शनिबार प्रदेश संसदीय दलको बैठकमा उनले राजीनामा दिने बताएका हुन् ।

उनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिने तयारी गरेका छन् ।

नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिन लागेका हुन् ।

थापा कोशी प्रदेशमा दुई पटक मुख्यमन्त्री भएका थिए । उनलाई दुई पटक नै अदालतले पदच्युत गरेको थियो ।

केदार कार्की कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको थियो । कार्कीले एमालेको साथ पाएपछि गठबन्धनको निर्णयलाई पन्छ्याएर उनी मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =