कांग्रेसलाई एकताबद्ध गर्न नसके इतिहासले सराप्छ : आरजु राणा

काठमाडौँ । नेपाली काङ्ग्रेसकी नेतृ आरजु राणा नेपाली कांग्रेस पार्टीलाई एकताबद्ध गरेर लान नसके इतिहासले सराप्ने बताएकी छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले अहिलेको अवस्थामा नेपाली काँग्रेसलाई सबै मिलेर एकताबद्ध बनाएर लैजान नसके इतिहासले सराप्ने बताएकी हुन् ।

उनले नेपाली काँग्रेस पार्टीका अग्रज नेताहरुले बोल्नसम्म नसक्ने अप्ठ्यारो अवस्थाबाट लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको भन्दै विगतको विरासतलाई अहिलेका नेताहरूले कायम राख्न सक्नुपर्ने बताइन् ।

उनले नेपाली काँग्रेसलाई एकताबद्ध बनाएर लैजान नसके अहिलेको पुस्तालाई गाली स्वर्गीय महान् नेताहरूको आत्माले शान्ति नपाउने बताइन् । उनले अप्ठ्यारो अवस्था पार गरी संविधानमा लोकतन्त्र र समाजवादमा विश्वास गरेर बनाएको अहिलेको अवस्थामा समेत दौडन नसक्नु राम्रो नभएको बताइन् ।

उनले नेताहरू पार्टी र देश बनाउने भन्दा पनि खाली एउटाले अर्कोलाई ढुङ्गा हानेर समय बिताउने काम भएको बताइन् । उनले अग्रज नेताहरूले नेपाली काँग्रेसका युवा नेताहरूलाई यस्तो कुरा नसिकाएको बताइन् ।

उनले भनिन् ‘ हामीले एक सय वर्षको इतिहास हेर्नुपर्छ । अहिले फेसबुकको स्टाट्स हेरेर निर्णय गर्ने बेला भयो र ? जे पनि क्षणिक हुन्छ र ? इतिहास पनि केही होला ? समयको चक्र पनि घुमिरहेको छ । त्यसलाई विचार गरेर हेर्ने हो भने नेपाल काँग्रेस पार्टीले जति एचिपमेन्ट कुन देशमा कुन पार्टीले गरेको छ । एकलौटी अचिपमेन्ट । जति पनि यहाँ ठूल–ठूलो उपलब्धि र घटनाहरू भए जन २००७,२०४२,२०४६,२०६०-६३ र जनयुद्धको खेपाई र संविधान बनाउने काम कुन पार्टीको नेतृत्वमा भयो त ? नेपाली काँग्रेसको नेतृत्वमा होइन । हरेक कार्यक्रम स्वर्गीय नेताहरूलाई माल्यार्पण गछौं । उहाँहरूको एक–एक दिनको किमत कसले लिने ? पुराना नेताहरूले परिवार त्याग गरेर देश र पार्टीको लागि काम गर्नुभयो । उहाँहरूलाई हेरेर पनि कसरी धैर्य धारणा गर्ने कसरी मिलेर जाने भन्ने कुरा सिक्नुपर्छ । कालकोठरीमा राख्ने बोल्न नपाउने नजरबन्द गर्ने गाली ठोक्ने समयमा पनि नेताहरूले कसरी पार्टीलाई एकताबद्ध गरेर लैजानु भयो । बोल्न पनि गाह्रो थियो । उहाँहरूले सबै कुरा त्याग गरेर देशलाई यहाँसम्म ल्याउनु भएको हो । अहिले हामी दुई सेकेन्डमा शब्दमा चित्त बुझेन भने फेसबुक स्ट्याटस हालेर गाली गर्ने ? त्यो बेलामा आफ्नो पार्टीको बारेमा बोल्न पाउने थिएन । त्यस्तो समयबाट यहाँसम्म ल्याएको पार्टीलाई अहिले एकताबद्ध गरेर लगेनौँ भने इतिहासले हामीलाई सराप्छ । हाम्रो पुस्तालाई गाली गर्छ । के गरौं तिमीहरूले ? गाह्रो समय पार गरेर मुलुकमा संविधान बनाएर उहाँसम्म ल्यायौँ संविधानमा लोकतन्त्र र समाजवादमा विश्वास गछौं भनेर पनि लेखेका छौँ । एउटा स्थान बनाइसक्यौँ । त्यसमा अहिले हामीले दौडन पनि नसक्ने ? खाली एउटाले अर्कोलाई ढुङ्गा हान्ने ? ढुङ्गा हानेर नै समय बिताउने ? अग्रज नेताहरूले सिकाउनु भएको कुरा यही हो । हामीले एक पटक सोचौँ । किन हाम्रो देशबाट युवाहरू पलायन भइरहेका छन् ।’

उनले पार्टीमा असन्तुष्टि जनाएर फेसबुकको स्टाट्स हेरेर निर्णय गर्ने बेला नभएको भन्दै पार्टीले इतिहासलाई हेर्नुपर्ने बताइन् ।

उनले हरेक कुरा क्षणिक रूपमा हुन नसक्ने भन्दै समयको चक्र पनि घुमिरहेको बताइन् । उनले नेपाली काँग्रेस पार्टीले जति उपलब्धि हासिल गरेको जति कुनैपनि देशमा कुनैपनि पार्टीले नगरेको बताइन् ।

उनले नेपालका ठूला–ठूलो उपलब्धिहरू नेपाली काँग्रेसको नेतृत्वमा भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =