कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने समय सकियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा सकिएको छ ।

प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीका लागि शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि समय तोकेका थिए ।

बिहीबार माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका सांसद केदार कार्कीले आफूसँग बहुमत रहेको दाबी गरेका छन् ।

तर आङ्बोले गरेको दाबीमा माओवादीका १३ र कांग्रेसका कार्कीसहित २९ सांसदलाई समेत गणना गरेर बहुमत जुटाएको दाबी गरेका छन् ।

तर कार्की आफैंले मुख्यमन्त्रीको दाबी गरेकाले आङ्बोको बहुमत सिद्ध हुने सम्भावना कम छ । कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थन छ ।

प्रष्ट बहुमत कार्कीका पक्षमा देखिएकाले कार्कीलाई नै मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना बढी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =