नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरू सार्वजनिक हुँदै

काठमाडौँ । कमर्सियल गाडीहरूको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रा.लि. ले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ ।

जसका लागि प्रा।लि।ले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो ।

हाइगर बस कम्पनी लिमिटेडले विश्वका १ सय ३० भन्दा धेरै देशहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो ।

यो सम्झौतासँगै शशिला मोटर्स् प्रा।लि। हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारिक वितरक बनेको छ । सुरुमा प्रा।लि।ले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिबस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।

जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेन्जहरूमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रा.लि का प्रबन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ ।

इभी भ्यान नेपालकै पहिलो १६ सिट क्षमताको गाडी हो । सिङ्गल चार्जमा २५० कि.मि. रेञ्ज, ७० कि.वा. आवर ब्याट्री टिक्छ । यसमा कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक रहेको छ ।

हाइगर इभी भ्यान कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका बिशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान) हो । १६ सिट क्षमताको इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ रहेको छ ।

यसमा यात्रुको सुविधाका लागि एअर कण्डिसन सहित उत्कृष्ट आन्तरिक सजावट रहेको छ । यो भ्यान नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएका, ९० कि.वा. पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता भएको गाडि हो ।

एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआर सहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउँदछ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *