त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावविह्वल आफन्त (तस्बिरहरू)

काठमाडौँ । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए ।

युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँशुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावविह्वल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे । धेरैले आफ्नो खुसीको आँसु लुकाउन सकेनन् ।

काठमाडौँ पुगेकी श्वेता भट्टले बाचेर आउन पाएकामा धेरै खुसी लागेको बताइन् । ‘हामीलाई उद्धार गर्ने प्रक्रिया धेरै लामो होला भन्ने लागेको थियो तर यति छिटै उद्धार गर्दिनु भयो त्यसको लागी नेपाल सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘अब आफ्नो ठाउँ क्षेत्रमा राम्रो काम गर्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =