विश्वकप फुटबल छनोट
लाओसविरुद्ध नेपालले फर्कायो गोल,अन्जनले बनाए कीर्तिमान
२०८० असोज २५ गते

काठमाडौं । विश्वकप छनोटमा नेपालले लाओसविरुद्ध बराबरी गोल फर्काएको छ ।
४९ औं मिनेटमा अन्जन विष्टले बराबरी गोल फर्काए । एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेका हुन् ।
नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।
यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।
नेपालको लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको राष्ट्रिय कीर्तिमानमा निराजन रायमाझी र हरि खड्काले १३–१३ गोल गरेका छन् ।
अञ्जनले सन् २०१४ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन् । हरिको कीर्तिमानलाई निराजनले सन् २००८ मा बराबरी गरेका थिए । भने निराजनको कीर्तिमानमा आज विष्टले बराबरी गरेका छन् ।
२०८० असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित








