निम्बस इन्टरनेसनलले ‘ओकाया’ स्कुटर सार्वजनिक गर्दै

काठमाडौँ । निम्बस इन्टरनेसनल कम्पनी प्रा. लिले इलेक्ट्रिक स्कुटर ‘ओकाया’ का सबै उपलब्ध मोडेलहरू नेपालमा आधिकारिक विक्री गर्ने भएको छ ।

प्रभावशाली रेन्ज र गति एकपटकको चार्जमा १४०–१६० किमीको असाधारण रेन्ज र ७० किमी प्रतिघण्टाको उच्च गति दिने कम्पनीले बताएको छ ।

अत्याधुनिक प्रविधि २००० डब्लु–बिएलडिसि–हब मोटरद्वारा सञ्चालित र उच्च क्षमताको ७२ भि ३० ए एच ८ २ (४.४ के डब्लुएच) लिथियम आयन एल एफ पी ब्याट्री जसले कडा सुरक्षा मापदण्डहरू पूरा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले स्कुटरमा तीन वर्षको वारेन्टी पनि समावेश रहेको र ब्याट्री, मोटर सवारहरू दुवैलाई निश्चिन्तता प्रदान गर्ने बताएको छ ।

स्टाइलिस रङहरूको विविधताः ओकाया स्कुटर छ वटा बेग्लाबेग्लै आकर्षक रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ओकाया इलेक्ट्रिक भेइकल्सद्वारा भारतमा निर्मित ओकाया स्कुटरले नेपालमा तीन वटा फरक मोडलहरू प्रदान गर्नेछ ।

कम्पनीले आउँदो सोमबार एक कार्यक्रम गर्दै ओकाया स्कुटरको बारेमा सम्पूर्ण जानकारी दिई नेपाली बजारमा बिक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *