जंगलको ढुङ्गामुनि लुकाई राखेको भरूवा बन्दुक बरामद
२०८० असोज २४ गते

रूकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिका–५ काजरजंगस्थित घुस्मिका जंगलबाट भरूवा बन्दुक २ नाल मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
जंगलको ढुङ्गामुनि लुकाई राखेको उक्त बन्दुक प्रहरी चौकी हुकामबाट गस्तीमा खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
यसैगरी सोही गाउँपालिका–५ फुलवाङस्थित नाउरखोलाको जंगल ओढारबाट भरूवा बन्दुक २ नाल आइतबार प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०८० असोज २४ गते
प्रतिक्रिया








