लेभनिङको दसैँ स्कीम : शोरुम भिजिट मात्र गर्दा पनि इलेक्ट्रिक स्कुटर जित्ने सकिने

काठमाडौँ । बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तर्राष्ट्रिय प्रोडक्टहरु बिक्री वितरण गर्दै आएको छ। दुईपाँग्रे इलेक्ट्रिक बिक्रेता कम्पनी लेभनिङले दसैँ स्कीम सार्वजनिक गरेको छ ।

कम्पनीले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दसैँ स्कीम सार्वजनिक गरेको हो । लेभनिङ इलेक्ट्रिक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले एक्सचेन्जमा फोकस भएर दसैँ स्कीम ल्याएको हो ।

कम्पनीले दसैँ स्कीम अन्तर्गत ब्याज नलाग्ने स्कीम तथा विभिन्न एशोसरिजहरु निःशुल्क उपलब्ध गराउने भएको छ । यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुट समेत पाउने कम्पनीले जनाएको छ ।

लेभनिङको दसैँ स्कीम अन्तर्गत ग्राहकले आफूसँग भएको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् । एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्याङ्कन दिने बताएको छ ।

यो योजना अवधि भरमा ग्राहकले लेभनिङको शोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रिक स्कुटर जित्न सक्नेछन् ।

कम्पनीले ल्याएको यो स्कीम लेभनिङको नेपाल भर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ । लेभनिङका स्कुटरहरूमा वस्च ब्रान्डका मोटर तथा एलजी तथा सामसङका ब्याट्री पाउन सकिन्छ । कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टी उपलब्ध गराउँदै आएको छ ।

बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रा.लि.ले जर्मन कम्पनीको मोटर भएको र सामसुङ्ग को लिथियम आयन ब्याट्री भएको १५० की मी रेन्ज भएको प्रोडक्टहरु एक्सचेन्ज, फाइनान्स र क्यास को सुविधासहित बिक्री वितरण गर्दै आएको छ।

दसैँ अफरमा शोरुम आयो लेभ्निङ पायो अफरको लक्की ड्र मार्फत एक जनाले नयाँ इलेक्ट्रिक स्कुटर पाउन सक्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *