एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फिर्ता

काठमाडौँ । चीनको हाङझाउ सहरमा भएको १९ औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन् ।

मङ्गलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडी स्वदेश फर्किएका हुन् । विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा लगायतका पदाधिकारी विमानस्थल पुगेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कराते खेलाडी एरिका गुरुङ्गले आगामी दिनमा यस भन्दा माथि जानका लागि लिग र अन्य फरक फरक खेलहरूमा सहभागिता जनाउँदै आफूलाई अब्बल बनाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले आगामी दिनमा झनै राम्रो गर्दै जाने प्रतिबद्धता जनाइन् ।

एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा कराते खेलाडी एरिका गुरुङ्गले रजत र कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =