अर्थमन्त्री मास्की चढेको गाडी दुर्घटना
२०८० असोज २२ गते

काठमाडौं । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ ।
सोमबार दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा सहभागी भएर देउखुरी फर्कने क्रममा उनी सवार लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिकाको शीतलपुरमा दुर्घटनामा परेको हो ।
गाडीमा मन्त्री मास्कीसहित ५ जना सवार थिए । मन्त्रीका स्वकीय सचिव शम्भु गौतमले गुडिरहेको अवस्थामा सडकमा एक्कासि बच्चा आएपछि जोगाउने क्रममा गाडी सडकछेउको खाल्डोमा परेर दुर्घटना भएको हो ।
मन्त्रीसहित सवार ५ जना नै सामान्य घाइते रहेको उनले बताए । गाडी सडकबाट केही तल झाडीमा पुगेको छ । गाडीमा पनि धेरै क्षति नभएको उनले बताए ।
२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








