इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन नेसपाको आग्रह
२०८० असोज २१ गते

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित राख्न र स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ ।
केन्द्रीय कार्यालयका तर्फबाट रोशन पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै इजरायलमाथि हमासले गरेको हमलाको पार्टीले भर्त्सना गरेको उल्लेख छ ।
आक्रमणमा परेर घाइते भएकाहरूको उपचार गर्न पार्टीले दूतावासलाई आग्रह पनि गरेको छ ।
‘सम्पूर्ण नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराई स्वदेश फर्काउने प्रक्रियालाई यथाशीघ्र रूपमा अघि बढाउन सरकारलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
साथै इजरायलमा रहेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न पनि समाजवादी पार्टीले आग्रह गरेको छ ।
इजरायलमा चार हजार ५ सय जना केयरगिभर र दुई सय ६५ जना नेपाली विद्यार्थी छन् ।

२०८० असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित








