बंगलादेशको सानदार जित, अफगानिस्तान ६ विकेटले पराजित

काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानमाथि सानदार जित निकालेको छ ।

शनिबार हिमाचल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियममा बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको सानदार जित निकालेको हो ।

अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशल ९२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

जितमा बंगलादेशक नजमुल हुसैन सान्तोले ५९ रन बनाए। उनले ७३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै मेहिदी हसन मिराजले ७३ बलमा ५ चौका प्रहार गरे ।

कप्तान शकिब अल हसनले १४ रन बनाउँदा लिटोन दासले १३ रन बनाए। ओपनर तान्जिड हसनले ५ रनमात्रै लिए ।

बलिङमा फजल्लक फारूक, नवीन उल हक्, अज्मतुल्लाह ओमरजइले एक÷एक विकेट लिए ।

टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३७ ओभरमै अलआउट भएको थियो ।

अफगानिस्तानले ३७.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनायो । बंगलादेशले जितका लागि ५० ओभरमा १५७ रनको झिनो लक्ष्य पाएको छ ।

अफगानिस्तानका ओपनर रहमनुल्लाह गुर्बाजले ४ चौका र १ छक्का प्रहार गरी ४७ रन बनाए। गुर्बाजले बनाएको रन नै इनिङको ठूलो स्कोर बन्यो ।

गुर्बाज वंगलादेशका मुस्ताफिजुर रहमनको बलमा तान्जिड हसनबाट क्याच आउट भए ।

२२ रन बनाएर अर्का ओपनर इब्राहिम जद्रान आउट भए। उनलाई शाकिब अल हसनल तान्जिबाटै क्याच आउट गराए । शाकिबले नाजिबुल्लाह जद्रान र मोहम्मद नावीलाई बोल्ड गरे।

मिराजको बलमा अफगानिस्तानका कप्तान हसमतुल्लाह शाहिद, रसिद खान र मुजिब उर रहमान आउट भए ।

बंगलादेशले अज्मतुल्लाह ओमरजइले २२ रन, रहमत शाह र कप्तान हसमतुल्लाह शाहिदले १८÷१८ रन बनाउँदा अन्यले ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका शाकिब अली हसन, मेहदी हसन मिराजको उत्कृष्ट बलिङ गर्दै ३÷३ विकेट लिए । त्यस्तै शोरिफुल इस्लामले २ तथा तास्किन अहमद र मुस्ताफिजुर रहमानले १÷१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =