एशियाली खेलकुदः क्रिकेटमा भारतलाई स्वर्ण पदक

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत टी–ट्वान्टी क्रिकेटको उपाधि भारतले जितेको छ ।

शनिबार भएको अफगानिस्तानसँगको फाइनल खेल वर्षाका कारण रद्द भएसँगै वरीयताका आधारमा भारत विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । फेरि खेल अघि बढाउन नसकेपछि वरीयताका आधारमा भारतले स्वर्णपदक जितेको हो ।

शनिबारै भएको खेलमा पाकिस्तानलाई हराउँदै बङगालादेशले कास्य पदक जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =