पाँच लाख धरौटीमा छुटे वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट

काठमाडौं । उपभोक्ता समितिको रकम लुटेको आरोपमा कारागार चलान भएका वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका वडाध्यक्ष विनोदसिंह विष्ट रिहा भएका छन् ।

उच्च अदालत सुर्खेतले वडाध्यक्ष विष्टलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले विष्टलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदातलको उक्त आदेशविरुद्ध विष्ट उच्च अदालत गएका थिए ।

यस्तै जिल्ला अदातलले पुर्पक्षका लागि कारागार चलान गरेका सुशील गुरुङ र बलिराज शाहीलाई पनि रिहा गर्न उच्चले आदेश दिएको छ । गुरूङबाट ४ लाख र शाहीबाट २ लाख रुपैयाँ धरौटी माग गरिएको छ

वडाध्यक्ष विष्टसहित ३ जनालाई साउन २१ गते सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । वडाध्यक्ष विष्टसहित ५ जनाको टोलीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा तानिएका यामराज शाही र सन्तोष थापाबाट जिल्ला अदालतले जनही २÷२ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =