करातेमा नेपालको खराब प्रदर्शन

काठमाडौँ । नेपालका मोहम्मद आलम सेखु जारी १९औँ एसियाली खेलकुदमा बिहीबार करातेको कुमुते (फाइट) मा निकै खराब प्रदर्शन गर्दै बाहिरिएका छन् ।

लिनपिङमा स्पोटर्स सेन्टरमा पुरुष ७५ केजी तौल समूहमा सेखुले अन्तिम १६ को खेलमा कजाखस्तानका नुरकानभ अजिकानोभसँग ५–० अङ्कको हार सामना गरेका थिए ।

नुरकानभ एसियन च्याम्पियन तथा विश्व च्याम्पियनसिपमा कांस्य पदक विजेता हुन् । उनी फाइनलमा पुगेपछि सेखुले रिपेचेजमार्फत कांस्य पदक यात्रा लागि प्रतिस्पर्धा गर्ने अवसर पाए । यद्यपि, रिपेचेज उनले निकै खराब प्रदर्शन गरे । सेखुले रिपेचेजमा किर्गिस्तानका नाजिम नुरनालानोभसँग रक्षात्मक भएर खेले ।

यस क्रममा सेखुले तीन पेनाल्टीको सामना पनि गर्नुपर्यो । सोही पेनाल्टी नै उनको हारको कारण बन्यो । यससँगै जारी एसियाली खेलकुदमा करातेको कुमतेतर्फ नेपालको पहिलो चुनौती निराशाजनक रूपमा समाप्त भयो ।

त्यसअघि कातामा पनि नेपालले प्रतिस्पर्धा गरेको थियो । सोनिम मानन्धरले एकल कातामा नेपालका लागि प्रतिस्पर्धा गरेका थिए । उनको प्रतिस्पर्धा करातेमा नेपालको पहिलो चुनौती थियो । तर, उनी पाँचौँ स्थानमा रहे र अर्को चरणमा छनोट हुन असफल भए ।

सोनिमले ३८.३० अङ्क पाए । यो समूहमा चार खेलाडी छनोट भएका थिए । महिला एकल कातामा एलिसा रासकोटी मगरको प्रदर्शन पनि निरासजनक रह्यो । उनले ३७.३० अङ्क बटुल्दै पाँचौँ स्थानमा रहिन् ।

उनको प्रदर्शन अर्को छनोटको यात्रा तय गर्न अपर्याप्त रह्यो । कुल आठ खेलाडी सहभागी यो समूहमा उनले बङ्गलादेश र कम्बोडियाका खेलाडीलाई मात्र पछि पारिन् । नेपालले करातेमा कुल ९ खेलाडीको प्रतिस्पर्धा तय छ । पहिलो दिन नै तीन खेलाडीको चुनौती समाप्त भएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *