ठाकुर गैरेको प्रश्न–बिजनेस बिनाको सदन किन चलिराखेको छ ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले प्रतिनिधि सभा बैठक बिजनेस विहीन भएर चलिरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबार को बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य गैरेले प्रतिनिधि सभा बैठक बिजनेस विहीन भएर चलिरहेको भन्दै यसप्रति प्रश्न गरे । उनले बैठकमा बिजनेस नहुनुका साथै कुनै सन्दर्भ समेत नभएको बताए ।
उनले वन्यजन्तुले मानिसलाई दुःख दिइरहेको उल्लेख गर्दै वन्यजन्तु नियन्त्रण र व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘बिना बिजनेसको यो टाइपको सदन किन चलिराखेको छ ? यो के भयो म प्रश्न गर्न चाहन्छु । न बिजनेस छ । न कुनै सन्दर्भ छ । बिना बिजनेसको सदन छ । वन्यजन्तु नियन्त्रण गर्ने, त्यसलाई व्यवस्थित गर्ने विषयमा सदनको कुनै ध्यान गएको देखिएको छैन । यो अवस्था अन्त्य गर्नका लागि म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
उनले वन्यजन्तु नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराए ।








