समूह उपविजेता बन्दै नेपाल महिला कबड्डीको सेमिफाइनलमा

एसियाडको महिला कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४-१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

तीन टिम रहेको यो समूहमा जितसँगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार २ हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७-२४ ले हराएको थियो ।

सेमिफाइनल प्रवेश गरेसँगै नेपालले कम्तीमा कास्य पदक निश्चित गरेको छ । नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरूद्ध प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईबीच शुक्रबारै हुनेछ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *