नेपाल महिला कबड्डीमा समूह चरणको दोस्रो खेलमा पराजित

काठमाडौँ । हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मङलबार पराजित भएको छ ।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोस्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित भयो ।

नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोस्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर गर्यो । समूह ‘बी’ मा नेपाल र इरानसहित बङ्गलादेश गरी ३ राष्ट्र छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराएको थियो । बुधवार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बङ्गलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै सेमिफाइनलमा स्थान बनाउँदै कम्तीमा कांस्य पदक पक्का गर्ने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *