नेपालमा शान्तिको आवश्यकता छः मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका श्रोत रहेको बताए ।
उनले कानून, संविधान बमोजिम आफ्नो जीवनको संस्कृतिको रुपमा शाीन्तलाई विकास गर्न जरुरी रहेको बताए ।
उनले नेपालको भविष्य सुन्दर रहेको भन्दै नेपाली राजनीतिक फाँटमा जहाँ भएपनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा रहेको बताए ।
उनले भने, ‘आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका श्रोत हुनुहुन्छ । नेपालको राजनीतिमा कुनै न कुनै रुपमा सबै राजनीतिक दलहरु हामीले हतियार उठाएको हाम्रो आफ्नै इतिहास छ, चाहे त्यो २००७ सालको क्रान्तिको बेला होस्, १८ सालमा सशस्त्र आन्दोलन, ०२५, ०२६ सालपछि बिपीको नेतृत्वमा भएको क्रान्तिको कुरा होस् । नेपालको गान्धीवादी व्यक्तित्वको ब्यानरमा उभिएर नेपालमा शान्तिको आवश्यकता छ । यो शान्ति कानून, संविधान बमोजिम हामीले आफ्नो जीवनको संस्कृतिको रुपमा विकास गर्नुपर्छ । हामीले यो एक स्वरले बोलिरहेका छौँ । यसले नेपालको भविष्य सुन्दर छ, र हामी नेपाली पनि राजनीतिक फाँटमा जहाँ भएपनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा छौँ ।’
मन्त्री साउदले नेपालको राजनीतिमा कुनै न कुनै रुपमा सबै राजनीतिक दलहरुले हतियार उठाएको बताए ।








