प्रचण्डले किन बोलाए पदाधिकारी बैठक ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।
भोलि बिहान ८ बजे बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएको मुख्य सचिव श्रीराम ढकालले बताए । बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणबारे ब्रिफिङ गराउने बताए ।
उनले भने, ‘उहाँ अमेरिका र चीन भ्रमणबाट फर्किनुभएको छ । भ्रमणबारे ब्रिफिङ, पार्टीको तीन महिने अभियानको समिक्षा लगायत समसामियक बिषयमा छलफल हुन्छ ।’
प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणपछि दुई सातापछि शनिबार फर्किएका हुन् । बैठकमा योबीचमा भएका गएगरेको गतिविधिबारे पनि समिक्षा हुने जनाइएको छ ।
यस्तै, बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वको नेसपासँगको पार्टी एकताको बिषयमा पनि छलफल हुने बताइएको छ ।
यसअघि माओवादीले बाबुरामलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्रराय यादवलाई एकताको प्रस्तावको पत्र पठाएको थियो । माओवादीको त्यो प्रस्तावले नेसपाभित्र तरङ्ग पैदा भइरहेको छ ।








