प्रदीपको अनमोल लक्षित ‘गोलमाल’ व्यंग्य

काठमाडौँ । अभिनेता प्रदीप खड्काले अर्का अभिनेता अनमोल केसी लक्षित स्टाटस लेखेका छन् । अनमोल तथा फिल्म ‘रावायण’ बिचको विवादले नेपाली फिल्म क्षेत्र तातिरहेको बेला प्रदीपले सोमबार स्टाटस लेखेका हुन् ।

अभिनेता प्रदीपले दुलाह/दुलही, विश्वचर्चित खेलाडीहरू मेस्सी र कोहलीको उदाहरण प्रस्तुत गर्दै घुमाउरो शैलीमा अनमोल र रावायण फिल्मको विवादप्रति व्यंग्य गरेका छन् । उनको व्यंग्यको सार एउटै अर्थ लगाउन सकिने छैन, पुरै ‘गोलमाल’ छ ।

अभिनेता खड्काले लेखेका छन्- ‘५/७ वटी दुलही सोझी परे, मजाले पेलियो भन्दैमा सबै एकै नहोलान् नि । यो पल्ट चाहिँ अलि गाह्रो खालकी छे भन्ने बुझ्नु पर्ने ।’

‘चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको बिचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नबुझोस्, अभिनेता खड्काले लेखेका छन्- ‘मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान्, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान् र जिन्दगी हुन सक्छ । खेलको बीच–बिचमा रुवावासी गर्नु भन्दा मैदान पस्नु अगाडि सोचेर निर्णय गरौँ ।’

आफ्नो स्टाटसको अन्त्यमा अभिनेता खड्काले लेखेका छन्- ‘आत्मरक्षाको लागि गरेको हत्या पनि जघन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउँछ । जाना/जानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोगको मामला हुन जान्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *