प्रचण्डको चीन भ्रमणलाई ज्ञानेन्द्रले दिए नाटकबाजीको संज्ञा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चिन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधामन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउ लगायतका देशमा नेपालीहरुले पाउने समस्याको समाधान नभएको बताए ।

उनले हङकङ र मकाउमा पासपोर्ट बनाउने सम्बन्धमा नेपालीहरुमा समस्या हुने गरेको भन्दै उनले सो समस्या समाधान हुन नसकेको बताए । सांसद शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिए ।

उनले भने – ‘अहिले पनि हङकङको समस्या समाधान भएको छैन । हङकङमा हजारौँ नेपालीहरु आजपनि अलपत्र परेका छन् । आजपनि हङकङ र मकाउमा नेपालीहरुले पासपोर्ट बनाउँदाखेरी नेपालीहरुमा ठुलो समस्या पैदा भएको छ । त्यसको कहीँ कतै समस्याको समाधान भएको छैन । त्यो भएर यसलाई उपलब्धि होइन कि नाटकबाजी भन्नुपर्छ ।’

उनले प्रधानमन्त्रीको विदेश भ्रमणबाट कुनै उपलब्धि हासिल हुन नसकेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =