अनमोल केसी अस्पतालमा भर्ना

काठमाडौं । अभिनेता अनमोल केसी अस्पतालमा भर्ना भएका छन् । शुक्रबार आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता केसी गएराति चिरायु अस्पताल भर्ना भएका हुन् ।

अभिनेता केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । रावायण नाम फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् ।

उजुरी परेपछि पटपटक छलफलका लागि दुबै पक्षलाई बोलाउँदा पनि अनमोल नआएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी शुक्रबार प्रहरी वृत्त सिंहदरबारमा बुझाएको थियो ।

वृत्तमा पुर्‍याइएपछि अनमोलले छाती दुखेको र श्वास फेर्न गाह्रो भएको भनेपछि उनलाई अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । आज बिदा भएकाले आइतबार अदालतमा उपस्थित गराइने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *