जि.डब्लु.एमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’

काठमाडौँ । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयुभीहरू जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरूका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ यही असोज १२ देखि १८ सम्म आयोजना गर्दैछ ।

कम्पनीका अनुसार यो क्याम्प जि.डब्लु.एमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि  बेलुका ५ः०० बजेसम्म आयोजना हुनेछ, जसबाट कार उत्साहीहरूले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जको विशेष अवसर प्राप्त गर्नेछन् ।

यस क्याम्पले उत्साहीहरूलाई स्लीक हाभल एसयुभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्नेमौका प्रदान गर्ने कम्पनीको भनाई छ ।

चाहे सहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने बताइएको छ ।

ग्राहकहरूले यस क्याम्प मार्फत प्रभावशाली जि.डब्लु.एम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले टिभी जित्ने अवसरहरूका साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तीय सुविधा र ओरा ०३ सँग फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *