झोडा जंगलमा ६५ वर्षीया वृद्धा मृत अवस्थामा फेला

काठमाडौँ । झापा, मेचीनगर नगरपालिका–१२ कालि झोडा बस्ने ६५ वर्षीया कालिमाँया सार्की सोही ठाउँस्थित कालि झोडा जंगलमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

गत सोमबार बिहान घरबाट आफूखुसी हिँडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

अर्का मोरङ, बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित हटिया छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, दुधौली नगरपालिका–११ तल्लो धनसरीस्थित कमला नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eleven =