एसियाली खेलकुदको तेक्वान्दोमा अन्जलीको मिश्रित प्रदर्शन

काठमाडौँ । नेपालकी अञ्जली तामाङले १९ औं एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छन् ।

लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् ।

पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

प्रिक्वाटरफाइनलमा भने अन्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसंग चुकिन् । अन्जली १२–० र १०–० ले पछि परिन् ।

पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरबियाका नासिर अहमदी रियादसंग ४–१२ र २–० ले हारे । तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *