सदस्य–सचिव घिसिङ झण्डोत्तोलनमा सहभागी

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली टोलीका चिफ दि मिसन टंकलाल घिसिङ हाङझावस्थित एथलिथ भिलेजमा आयोजित झण्डोत्तोलन कार्यक्रममा सहभागी भएका थिए ।

सो अवसरमा एसियाडमा सहभागी नेपालसहित ४५ राष्ट्रका प्रतिनिधि, खेलाडीको उपस्थितिमा आ–आफ्नो राष्ट्रका राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ र आयोजकका प्रतिनिधिबीच मायाको चिनो आदान–प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *