स्कुल पुगेका विद्यार्थीहरूलाई फर्काइयो (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि पठनपाठन ठप्प रहेको छ । संसद्मा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् ।

महानगरभित्रका विद्यालय बन्द भए कारबाही गर्ने महानगरको चेतावनी थियो तर, विद्यालयले कुनै सार्वजनिक सूचना नै जारी नगर्दा विद्यार्थी भने मारमा परेका हुन् ।

विद्यालयमा विद्यार्थीहरू बिहानै पुगेपनि उनीहरू पढ्न भने पाएनन् । विद्यालय पुगेका विद्यार्थीहरूलाई फर्काइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *