वर्षाले रोकिएको भारत र पाकिस्तानबीचको खेल पुनः सुरु

एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको वर्षाका कारण अवरुद्ध भएको क्रिकेट खेल पुनः सुरु भएको छ ।

श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको थियो ।

भारतले ४.२ ओभरमा १५ रन जोडेको थियो । जसमा कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव ।

पाकिस्तानको प्लेइङ ११ :

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

एसीसी एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

एसीसी एसिया कप क्रिकेट : पानी परेपछि भारत र पाकिस्तानबीचको खेल रोकियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *