एसीसी एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् ।

भारतले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दैछ । श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले आजको खेलमा शार्दुल ठाकुर, जस्प्रित बुमराह र मोहम्मद शिराजलाई मैदान उतारेको छ । बुमराह एक वर्षपछि टोलीमा फर्किएका हुन् ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भने, भारतको यो पहिलो खेल हो ।

भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ । पाकिस्तान यस खेलमा विजयी हुँदा वा कुनै कारण रद्द भएमा पनि सुपर फोरमा पुग्नेछ । पराजित भएमा भने नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव ।

पाकिस्तानको प्लेइङ ११ :

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *