एसीसी एसिया कप क्रिकेट : पानी परेपछि भारत र पाकिस्तानबीचको खेल रोकियो

एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।

भारतले ४.२ ओभरमा १५ रन जोडेको थियो । जसमा कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

एसीसी एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *