तस्बिरमा बागमती प्रदेश क्रिकेट संघको निर्वाचन, अध्यक्षमा पारस खड्का विजयी

काठमाडौँ । नेपाल क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् ।

अध्यक्षसहित खड्काको प्यानल नै विजयी भएको हो । अध्यक्षमा पारसले २३ मत ल्याउँदा उनका प्रतिस्पर्धी उमेश पिया १४ मत ल्याए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याएका छन् ।

संघको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् ।

सदस्यहरुमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्यालले पनि समान २३ मत ल्याएर विजयी भएका छन् । यस्तै अनुजमान श्रेष्ठ १६ मत ल्याएर सदस्य निर्वाचित भए ।

महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *