एसिया कप क्रिकेट

नेपाल–पाकिस्तान प्रतिस्पर्धा सुरु, पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेकाे छ । दिउँसो सवा ३ बजेदेखि सुरु भएकाे खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हाे । उसले नेपाललाई बलिङका लागि निम्तो दिएकाे थियाे ।

नेपालका लािग रोहित पौडेल नेतृत्वको टोलीले प्रतिस्पर्धा गरिरहेकाे छ । टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *