सन्दीप लामिछाने एशिया कप खेल्न पाकिस्तान जाने

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान जाने भएका छन् ।

सन्दीपविरुद्धको मुद्धाको अर्को पेसी भदौ २१ गते तोकिएसँगै सन्दीप पाकिस्तान जाने भएका हुन् ।

आज काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्धाको सुनवाइ स्थगित भएको थियो ।

एसिया कपमा नेपालले उद्घाटन खेलमा भदौ १३ गते पाकिस्तानविरुद्ध खेल्दै छ । त्यस्तै दोस्रो खेल भारतविरुद्ध भदौं १८ गते श्रीलंकामा हुने तालिका रहेको छ । अब सन्दीप अर्को पेशीमा उपस्थित हुनुआगाडी नै एशिया कपका पाकिस्तान र भारतविरुद्धका दुवै खेल खेल्न पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =