धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा, इटहरीमा हिन्दुवादीहरूद्वारा प्रदर्शन (तस्बिरहरू)

सुनसरी । सम्भावित दुर्घटनालाई लिएर स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञा जारी भएकोले धरान शान्त छ भने, धरान प्रवेश गर्ने नाका तरहरामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

इटहरीमा भने हिन्दुवादीहरूले प्रदर्शन गरिरहेका छन् ।

धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेसँगै इटहरीबाट तरहरातर्फ र्‍याली निकालेका हुन् ।

हिन्दुवादीहरूले गाई हाम्री आमा हुन्, आमा काट्न पाइँदैन, हिन्दु राष्ट्र कायम गर्, गोवध हत्यारालाई कारबाही गर्, नेपाल सरकार मुर्दावादजस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालका अनुसार धरानमा अवस्था सामान्य रहेको र धरानमा निषेधाज्ञा भएपछि हिन्दुवादीहरूले भने इटहरीमा प्रदर्शन गरिरहेका छन् ।

तस्बिरहरू :

सबै तस्बिर मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *