मलेसियासँग नेपाल ६ विकेटले पराजित

काठमाडौं । टि–२० आई सिरिजमा घरेलु टोली मलेसियासँग नेपाल ६ विकेटले पराजित भएको छ ।

जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ऐना हामिजाह हाशिम ३९ बलमा ३ चौकासहित ३७ रनमा अविजित रहिन् ।

मलेसियाले ओपनर वान जुलिया वान मोहम्मद रशिदलाई ८ र तेस्रो नम्बरकी ब्याटर तथा कप्तान मास एलिसालाई २ रनमै गुमाएको थियो ।

तर तेस्रो विकेटका लागि हाशिम र महिराह इजाती इस्माइलले ४३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । महिराहले २४ बलमा १ चौकासहित २१ रन बनाइन् । नेपालकी पुजा महतो, रुविना क्षेत्री र सीता रानामगरले एक एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो ।

उक्त योगफल घरेलु टोली मलेसियाको ब्याटिङ सामु जित निकाल्न पर्याप्त थिएन । वर्षाको कारण खेल प्रभावित हुँदा दुई दुई ओभर खेल घटाइएको थियो । त्यसैले डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले ८५ रनको लक्ष्य दिएको थियो ।

नेपाल हारका बाबजुद नेटरनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्दा मलेसिया जितका बाबजुद बाहिरिनु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =