शुल्क फिर्ता लिन माग गर्दै अनेरास्ववियुको र्‍याली,सबै प्रदेशमा त्रिविका आङ्गिक कलेज खोल्न प्रवक्ता पौडेलको माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले इन्जिनियरिङतर्फ स्नातक तहको शुल्क बढाएको भन्दै आन्दोलन तीव्र पारेको छ ।

अनेरास्ववियुले आन्दोलनको दोस्रो दिन आज पनि थापाथली इन्जिनियरिङ क्याम्पसदेखि डिन कार्यालय पुलचोकसम्म शुल्क घटाउन माग गर्दै र्‍याली निकालेको छ ।

अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रवक्ता प्रकाश पौडेलको नेतृत्वमा उक्त र्‍याली निकालिएको थियो ।

अनेरास्ववियुले शुल्क वृद्धि फिर्तासँगै ७ वटै प्रदेशमा अनिवार्य त्रिविका आङ्गिक कलेज स्थापना गर्न माग राखेको प्रवक्ता पौडेलले बताए ।

हाल देशका तीन प्रदेशमा मात्रै त्रिविका ५ इन्जिनियरिङतर्फका आङ्गिक कलेज रहेका छन् ।

सर्वसुलभ रूपमा इन्जिनियरिङ विषय पढाउनु पर्नेमा नयाँ भर्नाको मौका छोपी भारी मात्रामा गरिएको शुल्क वृद्धि कदापि मान्य नहुने अध्यक्ष सचिव पौडेले चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =