दीपाश्रीको जन्मदिनमा दीपकराजले भने- ‘चोट मलाई लाग्दा, तिमिले एैया भनेको सुनेको छु’ 

काठमाडौँ । अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै दीपाश्री आफ्नो जीवनको उत्कृष्ट साथी भएका बताएका हुन् ।

उनले कविता पोस्ट गर्दै दीपाश्रीलाई तीन दशकअघि पहिलो पटक भेट्दाको अनुभव पनि साझा गरेका छन् । सुरुमा दीपा आफूलाई घमन्डी लागेको तर उनलाई बुझ्दै जाँदा निकै फरक पाएको बताएका छन् । यसका साथै, आफूलाई चोट लाग्दा दीपालाई दुख्ने पनि बताएका छन् ।

यस्तो छ दीपकराजको पोस्ट :-

यो केटी त कस्ती घमन्डी ! मैँ हूँ भन्छे !!

बोल्ने त परै जाओस् हेर्दा पनि हेर्दिन !

आज भन्दा करिब ३ दशक अघि तिमि सँगको पहिलो भेट , मलाइ आज पनि याद छ …

जसरी हामी किताबको कभर हेरेकै भरमा

पूरै विषय अनुमान गर्छौ … ठिक त्यस्तै

तिमि प्रतिको धारणा पनि तुरुन्तै बनाएको थिए मैले !

तर मलाइ थाहा थिएन यो त्यही केटी हो

जो अरूको पीडालाई आफ्नो सम्झेर समय बिताउछे!

जिन्दगीको खेलमा आफू हार्छे

तर अरूलाई जीताउछे !!

म प्रतिको तिम्रो योगदानलाई त

सिर्फ एक शब्दमा बुनेको छु ,

चोट मलाइ लाग्दा ,तिमीले ऐआ भनेको सुनेको छु !

कमजोरी पनि भनिदिन्छू ….

यहाँ हरेकको हातमा क्यालकुलेटर छ

कहाँ फाइदा , कहाँ बेफाइदा ,

कहाँ जोर छ, कहाँ बिजोर छ

दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,

त्यसैले तिम्रो हिसाब कमजोर छ ….

मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौँ करोडौँ र अरबौँ शुभकामना……

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *