महिला टी–२० आई सिरिज : नेपाल ६ विकेटले विजयी

काठमाडौं । महिला टि– २० आई सिरिजमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ ।

जितको लागि ८५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा सम्झना खड्का ३६ बलमा ५ चौकासहित ३६ रनमा नट आउट रहिन् । सीता रानामगर ८ बलमा ३ रनमा नटआउट रहिन् ।

नेपालले ओपनर बिन्दु रावललाई दोस्रो बलमै शून्यमा गुमाएको थियो । डेब्यू खेल खेलेकी अर्की ओपनर पुजा महतो १८ बलमा १६ रन बनाउँदै आउट भइन् । उनी का यिंग चानको बलमा बोल्ड भएकी थिइन् । इन्दु बर्मा १३ बलमा ९ र रुविना २० बलमा १ चौकासहित १० रनमा आउट भइन् । उसका लागि इक्रा सहर, मारिको हिल, बिबी मर्याम र का यिंग चानले एक एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.१ ओभरमा ८४ रनमा अल आउट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =