ललिता निवास प्रकरणमा दुई आरोपित थुनामुक्त

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका २ जना आरोपीत छुटेका छन् । काठमाडौँ जिल्ला अदालतकाले उमेर र स्वास्थ्यका कारण मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरी घिमिरेलाई थुनामा राख्ने अनुमति नदिई थुना बाहिरै राखेर अनुसनधान गर्न आदेश दिएपछि छुटेका हुन् ।

अन्य आरोपीतका विषयमा अभियोगपत्र पेश गर्दा उनीहरुलाई पनि सँगै पेश गर्न अदालतले आदेश दिएको छ ।

पक्राउ परेका ५१ दिनपछि गौतम छुटेका छन् । घिमिरे भने केही कम समयमा छुटेका हुन् । अन्यलाई भने अदालतले ५ दिनको समय दिएको छ । ललिता निवास प्रकरणमा ८ भदौभित्र अदालतमा मुद्धा दर्ता गरिसक्नु पर्ने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *