सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =