केन्द्रीय समितिका एजेण्डा तय गर्न पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक
२०८० साउन १७ गते

फाइल तस्बिर
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरू भएको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकका विषयमा छलफल र निर्णय लिनेछ ।
बैठकमा केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनबारे छलफल भइरहेको छ । त्यसलगत्तै बस्ने स्थायी कमिटी बैठकले प्रतिवेदन पारित गर्नेछ ।
स्थायी कमिटीले पारित गरेपछि उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुनेछ । त्यसपछि समय रहेसम्म आजैदेखि प्रतिवेदनमाथि छलफल सुरू हुँदैछ ।
२०८० साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








