रविको दाबी- सुन तस्करी सेटिङबिना सम्भव छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘सेटिङ’ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरू कुनै पनि सामग्री तस्करी सम्भव नरहेको बताएका हुन् । ‘सेटिङबिना यति ठूलो परिणामाको सुन तस्करी सम्भव छैन । यो सेटिङमा भएको हो । तर, कुन तहसम्मको सेटिङ छ भन्ने मात्रै हो,’ उनले भने, ‘यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ ।’

सर्वसाधारणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौँ किलो सुन नभेट्ने भन्ने नहुने उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eighteen =